तिलोत्तमा गोल्डकपको उपाधिमाथि थ्रीस्टारको कब्जा

तिलोत्तमा गोल्डकपको उपाधिमाथि थ्रीस्टारको कब्जा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही– बुटवलमा आयोजित तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले हात पारेको छ।

एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्रीस्टारले नेपाल पुलिसलाई २–० गोल अन्तरले हराउँदै उपधि हात पारेको हो।

जीतसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाएको छ।

६६ औं मिनेटमा रबिन श्रेष्ठको आत्मघाती गोलको उपहारबाट अग्रता बनाएको थ्री स्टारका लागि ७९ औं मिनेटमा निराजन खड्काले गोल थपेका थिए ।

थ्रीस्टारका खेलाडी निराजन खड्काले मस्ट भ्यालुएबल प्लेयर्सको अवार्ड हात पार्दै स्कुटर पाएका छन्। उनले यसअघि २० औँ बुढासुब्बा गोल्डकपमा पनि मस्ट भ्यालुएबल प्लेयर्सको पुरस्कार पाएका थिए।