सी चिनफिङको सुरक्षार्थ तैनाथ हुने सुरक्षाकर्मीहरुले फूल कार्गेड रिहर्सल गर्ने


काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको राजकीय भ्रमणमा राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले बिहीवार (आज) दिउँसो ३ बजे फूल रिहर्सल गर्ने भएका छन् ।

राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह (१२ अक्टोबर) काठमाडौं उत्रने भएका हुन् । स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर फूल कार्गेड रिहर्सल गर्न लागेका छन्।

राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने निजि अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा नेपाल अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement