त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्स र यतिको जहाज ठोक्कियो


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा दुई वटा जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो ।

श्रीको सिआरजे ७०० जहाजले यतीको एटिआर–७२ जहाजलाई ठक्कर दिएको छ । ठक्करबाट यतिको एटिआर जहाजको पछाडिको भागमा सामान्य क्षति भएको विमानस्थल स्रोतले जनाएको छ ।

घटना सामान्य भएकाले विमानस्थलमा आवागमनमा कुनै समस्या नआएको विमानस्थल प्रवक्ता प्रताप तिवारीले बताए । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement