तिब्बतले नेपाललाई पठायो स्वास्थ्य सामाग्री


काठमाण्डु – चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा कोरोना महामारी नियन्त्रण अभियानमा सघाउ पुर्‍याउन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

तिब्बतले स्वास्थ्य समाग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको चीनका लागि नेपालका महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।

तिब्बतले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय वटा अक्सिजन सहितको सिलिन्डर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ५ वटा भेन्टिलेटर, २ सय वटा आइसियु वेड, र १५ हजार एन्टिजेन किट सहयोग गरेको हो ।

ति सामाग्री सडकमार्ग हुँदै भोली सम्म नेपाल आइपुग्ने ढकालले बताए । हिजो पनि चीनको सिचुवान प्रान्तले अत्यावश्यक स्वास्थ्य सामग्री सहितको चार्टर विमान नेपाल पठाएको थियो ।

बेइजिङबाट समेत अत्यावश्यक अक्सिजन सिलिन्डर तथा कन्सनटेटर सहितका स्वास्थ्य सामग्रीहरु आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement