काठमाण्डु- राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र ( तिब्बत ) का पार्टी सचिव वाङ चुनचङ बिच शनिबार भएको छ ।
चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत गएका पुर्व अध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङबीच ल्हासामा भएकाे भेटवार्तामा दुई देशको आपसीहितका सम्बन्धमा महत्वपूर्ण विषयमा छलफल भएकाे हाे ।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालको बिकासमा चीन सरकारले पुर्याएको सहयोग लागि धन्यवाद दिदै चीन संग जोडिएका सिमा नाका बाह्रै महिना नियमित सञ्चालन गर्न , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा लगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरे ।
उनले यसैगरी नेपालबाट हाइलेज ( घाँस ) , राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गरे । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल , बीउ , बिरुवा र प्रबिधि उपलब्ध गराउन आग्रह उनले आग्रह गरे ।
सचिव वाङले नेपालको बिकासमा चीन सरकारको निरन्तर निःसर्त सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुका साथै नेपालबाट तिब्बतमा घाँस निर्यातलाई बढावा दिने , सवै सिमा नाकाहरु नियमित सञ्चालन गर्न र पुर्वाधार निर्माण गर्न क्रमशः सहयोग बढाउने विश्वास दिलाए । साथै उनले चीनको एक चीन निती प्रति नेपालको समर्थन र नेपालमा चीन बिरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिद्धताको उच्च प्रशंसा गरेका छन् ।
प्रतिक्रिया