तिब्बतले दिएको ८ करोड बढीको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो


काठमाडौं- कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ। बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले करिब ८ करोड बराबरको सामग्री नेपाललाई हस्तान्तरण गरेको हो।

चिनियाँ पक्षले स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई उक्त सामग्री हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनलले नेपाललाई प्रदान गरेको सामग्री १० हजार थान एन–९५ मास्क, १० हजार थान पीपीई, एक हजार थान इन्फ्रारेड थर्मो्मिटर, पीसीआर मेसिन दुई थान, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत रहेका छन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो चरणमा नेपाल ल्याइएको स्वास्थ्य सामग्री अनुदानमा पठाइएको हो । चिनियाँ दूतावासको विज्ञप्तिमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध लड्न नेपाललाई चीनको सद्भाव र सहयोग सधैं रहने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement