यस्तो आयो तिहारको नयाँ गीत (भिडियोसहित)


काठमाडौं – हिन्दू नेपालीहरुको पर्व तिहारको रौनक शुरु भइसकेको छ । यही मौकामा तिहार झल्किने गीत सार्वजनिक भइरहेका छन् । मिना एनपी र अर्जुन घिमिरेको आवाजमा रहेको देउसी भैलो सार्वजनिक भएको छ ।

‘देउसी भैलो’ बोलको गीतमा तिहारमा रमझम देख्न सकिन्छ । ओम शान्ति आर्टको प्रस्तुति रहेको यो गीतमा देवदत्त भट्टले शब्द लेखेका छन् भने नरेश भुर्तेलले संगीत दिएका छन् ।

गीतको भिडियोमा देउसी भैलो र तिहारको रौनक देख्न सकिन्छ । भिडियोलाई राज के श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement