कलाकारहरुको भाइटीका कस्तो भयो ? (फोटोफिचर)


काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् आज भाइटीका । देश तथा विदेशमा दाजुभाइले आफ्ना दिदीबहिनीको हातबाट दीर्घायू र सु(स्वास्थ्यको कामनासहित भाइटीका लगाइरहेका छन् ।

बिहान ११ बजेर ५५ मिनेटको साइतमा भाइटीका लगाइएको हो । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व उत्साहका साथ मनाइन्छ । यो पटकको भाइटीकामा ठूलाबडा र सेलिब्रिटीहरुले पनि उत्साहका साथ टीका लगाएका छन् ।

दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ । दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement