हङकङमा टिकटक बन्द हुँदै


एजेन्सी – लोकप्रीय सामाजिक सञ्जाल टिकटक अब हङकङमा बन्द हुने भएको छ । बीबीसीका अनुसार चीनले हङकङका लागि बनाएको राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि टिकटक अब हङकङबाट बाहिरिन लागेको हो ।

‘पछिल्ला घटनाबाट हामीले हङकङमा टिकटक सेवाको सञ्चालन बन्द गर्न लागेका छौं,’ टिकटकका प्रवक्ताले भने । केही दिनमै टिकटक सेवा बन्द हुन लागेको समाचार संस्था रोयटर्सले पनि जनाएको छ ।

छोटो भिडिओका लागि चर्चित टिकटक एप चीनको बाइट्डान्सले सञ्चालनमा ल्याएको हो । चीन भन्दा बाहिरका विश्वव्यापी ग्राहकलाई लक्षित गर्दै यो एप सार्वजनिक भएको छोटो समयमै चर्चित भएको थियो । चीनमा भने यस्तै प्रकारको डोइन् एप उसले सञ्चालन गर्दै आएको छ ।

अहिले डाटा प्राइभेसीका कारण हङकङमा टिकटक बन्द गर्न लागिएको हो । अमेरिकाले पनि टिकटक बन्द गर्ने तयारी गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले टिकटक बाहेक अन्य चिनिया“ एप्सहरु पनि अमेरिकामा बन्द गर्ने तयारी भईरहेको बताए । यसअघि भारतले टिकटक लगायतका ५९ चाइनिज एपहरु बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement