त्रिशुलीमा बस खस्यो ६ जनाको ज्यान गयो ,२२ घाइते


काठमाडौं – काठमाडौंबाट पोखरा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो बस त्रिशूलीमा खस्दा ७ जनाको ज्यान गएको छ भने  २२ जना घाइते भएका छन्।

चितवतको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले बसलाई ठक्‍र दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको चितवन प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुई महिला, तीन पुरुष र एक बालकको मृत्यु भएको प्रवक्ता ढकालले जानकारी दिए ।  घाइते २२ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

घाइतेहरु सवैको उद्दार भइसकेको पनि प्रहरीले बताएको छ । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement