मंगलबार तपाईंकाे राशिफल कस्ताे रहला ?


काठमाण्डु – ४ माघ, २०७८, तदनुसार जनवरी १८ तारिक २०२२ मंगलबार । सूर्योदय ६ः५७ मा भएकाे छ भने सूर्यास्त १७ः३२ मा हुनेछ । दिउँसो २ः५४ देखि ४ः१३ सम्म राहुकाल छ भने ११ः५३ देखि १३ः३५ सम्म अभिजित मुहूर्त छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : हरेक मंगलबार नयाँ कामको शुरुवात गर्न सकिनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक व्यय र हानी हुने देखिन्छ यात्रामा निस्कदा अर्थहानी हुने सम्भावना रहन्छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययन अध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटनेछ । आजको दिन यात्रा गर्नु खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु ठीक होला । व्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईंलाई निकै फाइदा हुन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंका लागि आजको दिन अनुकल देखिन्छ । चन्द्रमाको साथ छ, आज धन प्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईंले घरपरिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ त्यसैले विचार गर्नुहोस् । लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मानसमेत मिल्नेछ । तपाईंले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : अनावश्यक यात्रा र अनावश्यक खर्च व्यय बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईंकाे कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने सम्भावना कम हुन्छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईंले आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठमन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : समय गणना अनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलबारका दिन लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement