आज कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् भाग्यफल


काठमाण्डु –  १० माघ २०७८ सोमबार । तदनुसार जनवरी २४ तारिक आज सूर्योदय ६ः५६ मिनेटमा भएकाे छ भने सूर्यास्त ५ बजेर ३७ मिनेटमा हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा सोचेअनुसार नहुन सक्छ । त्यसैले आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईंको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । स

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : तपाईंको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन अलि कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंको मन अशान्त हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका चिन्तन आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । त्यसैले यात्रा गर्नुभन्दा पहिले शुभ साइतमा यात्रा गर्नुहोला । । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : अध्ययनअध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्री जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । चन्द्रमाको साथ रहेको छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफलता मिल्नेछ । तपाईंको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईंले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजधनलाभ हुनेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन आकस्मिक धन प्राप्त हुनेछ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्ययन अध्यापन र अनुसन्धानको काममा समय खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement