साेमबारकाे माैसम : बिहान तराईमा हुस्सु, दिउँसाे सुदूरपश्चिम र कर्णालीमा हिमपातकाे सम्भावना


काठमाण्डु – हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।साेमबार बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । त्यस्तै. सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement