बुटबल पुगेर रायमाझीले भने ‘चित्त बुझ्दो संगठनात्मक हैसियत नभए पार्टी एकता हुदैन’


बुटबल- नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले चित्त बुझ्दो संगठनात्मक हैसियत नभए पार्टी एकता नहुँने बताएका छन् । मंगलबार बिहान बुटवलमा भएको साक्षात्कारमा रायमाझीले यस्तो दखावी गरेका हुन् ।

एनले भने ‘घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय होइन । पार्टी एकता हुँदा समान हैसियतमा मात्र हुन्छ । सम्मानजनक र समान हैसियत नभए एकता हुँदैन ।’ उनले पार्टी एकताबारे हल्ला हुनु स्वभाविक भएको पनि बताए ‘बामगठबन्धन बनाउँदा चुनावी तालमेल हुँदैन भनेर हल्ला भए ।

सरकार बन्ने कुरामा पनि आशंका गरियो । सरकार बन्दैन भनियो । त्यसपछि पार्टी एकताबारेरे पनि अनेक टिप्पणी आएका छन् । यो स्वभाविक हो । निकट भविष्यमा पार्टी एकता गराएरै छाँडछौँ । सम्पुर्ण बामपन्थी शक्तिलाई एउटै कम्युनिष्ट पार्टी बनाउछौँ’, उनले भने ।

उनले प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्ने पनि बताए । उनले अर्काको देशका वारेमा धेरै नबोल्न यूरोपियन यूनियनलाई चेतावनी दिए । हिजो प्रचण्डले आधा आधाको हैसियतमा संगठनात्मक एकता हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement