ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ


काठमाण्डु – ललितपुरमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानमाथि रातो मत्स्यिेन्द्रनाथको रथ तान्न आएका युवाको समूहले निर्घात कुटपिट गरेको थियो ।

जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरिएको ललितपुर प्हरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

उनले पक्राउ परेका युवालाई क्वारेन्टाइनमा राखिएको र पिसिआर परीक्षण पश्चात आवश्यक कारबाही अगाडि बढाउने जानकारी दिए ।

कुटपिटबाट घाइते भएका प्रहरी जवानको ललितपुरको एक अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement