उपचारको क्रममा भारतका पूर्व रक्षामन्त्री जर्जको निधन


एजेन्सी – भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डेजको राजधानी दिल्लीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको ८८ वर्षको उमेरमा मृत्यु भएको हो । कर्नाटकमा रहेका भाइ माइकल फर्नाण्डेज दिल्लीमा रहेको अस्पतालमा भेट्न जाँदै गरेका बेला जर्जको निधन भएको हो ।

माइकलले भने, ‘दाइलाई फ्लूको संक्रमण भएको थियो । उहांको अवस्था सुधार हुँदै थियो । तर मंगलबार बिहान उहाँको अवस्था गम्भीर बन्यो र उहाँलाई दिल्लीको अस्पताल लगियो । उहाँको त्यहिँ निधन भयो ।’ सन् १९६७ मा जर्जले बबई दक्षिण लोकसभा सिटमा कांग्रेसका एस के पाटिललाई हराएर राष्ट्रिय राजनीतिको चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement