त्रिभुवन-चन्द्र मिलिटरी अस्पतालको नयाँ भवन सञ्चालनमा


काठमाडौं –प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरेका छन् । सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित यस भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भ समेत भएको छ ।

प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीर सपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सोही स्थानमा पहिले उक्त अस्पताल निर्माण भएको थियो ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि यस भवनबाट प्रदान गरिँदै आएको स्वास्थ्य सेवा बन्द भएको थियो । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रुपमा रहने यस अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुनेछ । अस्पतालमा पहिलो चरणमा बाल चिकित्सा, दन्त चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उपलब्ध हुनेछ ।

प्रधानसेनापति क्षत्रीले ऐतिहासिक सम्पदाका रुपमा रहेको उक्त अस्पतालको पुरानो स्वरुपमै अत्याधुनिक सुविधा सम्पन्न तीनतलाको नयाँ भवन निर्माण गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement