त्रिशूलीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ५ पुग्यो


काठमाडौं – झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने काठमाण्डु चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डु जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement