सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्यो,३ को मृत्यु, १२ घाइते


काठमाडौं – सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खसेको छ । शुक्रबार बिहान ना६ख७४६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।बसमा कति यात्रु थिए भन्ने यकीन हुन सकेको छैन। अहिलेसम्म १२ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। बसको आधा भाग पानीमा डुबेको छ । थप विवरण आउन बाँकी छ। प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेको बताइएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement