चितवन-नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् ।
पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा पाँचवटा, २०७४-०७५ मा चारवटा, २०७५-०७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् ।
२०७६-०७७ मा एउटा, २०७७-०७८ मा एउटा, २०७९-०८० मा एउटा र २०८०-०८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३-०७४ मा १४, २०७८-०७९ मा चार र २०८०-०८१ मा ३७ जना बेपत्ता भएका हुन् ।
उक्त अवधिमा उक्त सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३-०७४ देखि २०८०-०८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् । रासस
प्रतिक्रिया