भारतको फोहोर अमेरिका आइपुग्यो : राष्ट्रपति ट्रम्प


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन, रूसलगाएतको फोहोर अमेरिका पुग्ने गरेको बताएका छन् ।

मंगलबार न्युयोर्कको इकोनोमिक क्लबमा भएको कार्यक्रममा बोल्दै उनले भारत, चीन, रूसलगायतका राष्ट्रले धुँवा तथा उद्योगबाट निस्कने फोहोरको व्यवस्थापन नगरेको आरोप लगाए ।

‘अमेरिका थोरै क्षेत्रफल भएको राष्ट्र हो,’ उनले भने, ‘भारत, चीन र रूसजस्ता देश अमेरिकाको तुलनामा धेरै ठूला छन् तर तिनले वातावरण संरक्षण गर्न केही गरेका छैनन् ।’

ती राष्ट्रले समुद्रमा फालेको फोहोर तैरिएर अमेरिकास्थित लसएन्जल्समा पुग्ने गरेको ट्रम्पको भनाइ छ । बढ्दो जलवायु परिवर्तन गम्भीर विषय रहेको उल्लेख गर्दै उनले विश्वास गरे पनि नगरे पनि आफू वातावरणप्रेमी रहेको दाबी गरे ।

ट्रम्पले पेरिस जलवायु परिवर्तन सम्झौता अमेरिकाको लागि उपयुक्त नभएको र सो सम्झौताले अर्बौंको घाटा हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement