सुलेमानीलाई मार्नु अमेरिकाकै अपमानः ट्रम्प


वासिङटन – अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीलाई विश्वकै नम्बर वान आतंकवादी भन्दै हवाई हमलामा मारेको थियो । अमेरिकाको यो कारबाहीपछि इरानमा आक्रोश पैदा भएको छ भने दुवै देशबीच संघर्ष पैदा भएको छ । अमेरिकाभित्रै पनि डोनाल्ड ट्रम्प प्रशासनको कदमको आलोचना भइरहेको छ । डोनाल्ड ट्रम्पले आफ्नो यो आलोचनालाई अमेरिकाकै अपमान भएको बताएका छन् ।

३ जनवरीमा अमेरिकाले जनरल कासिम सुलेमानी बिरुद्ध इराकमा एयरस्ट्राइक गरेको थियो । जसमा इरानका दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति कासिम सुलेमानीको मृत्यू भएको थियो । अमेरिकाको यस कदमपछि इरानले सार्वजनिक रुपमै बदला लिने घोषणा गरेको थियो र सुलेमानीको अन्त्येष्टिपछि इरानले अमेरिकास्थित अमेरिकी सैन्य आधारलाई निशाना समेत बनाएको थियो ।

इरानको खरो व्यवहारप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लगातार धम्की दिइरहेका छन् । जसका कारण पुरै विश्वमा युद्धको चिन्ता उत्पन्न भएको छ । यसैबीच अमेरिकामा विपक्षी डेमोक्रेट पनि डोनाल्ड ट्रम्पको बिरुद्धमा आवाज उठाउन थालेका छन् र कासिम सुलेमानीको मृत्यूमाथि प्रश्न खडा गर्न थालेका छन् ।

डेमोक्रेट सांसद तथा तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पमाथि अमेरिकी सैनिक तथा नागरिकको जिन्दगी खतरामा पारेको आरोप लगाउँदै इरानको बिरुद्धमा उनको शक्ति कम गर्ने प्रस्ताव समेत ल्याएकी थिइन् । साथै अमेरिकी संसदलाई कासिम सुलेमानीमाथि हमला गर्ने जानकारी नदिएको विषयलाई लिएर ट्रम्पलपाई निसाना समेत बनाइएको छ ।

यी सबै आलोचनामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी एक पटक जवाफ दिएका छन् । ट्रम्पले भनेका छन्, “हामीले कासिम सुलेमानीलाई मारेका छौं । उनी विश्वकै नम्बर वान आतंकवादी थिए । सुलेमानीले धेरै अमेरिकीलाई मारेका छन् । त्यसैले हामीले उनलाई मारिदियौं ।” डेमोक्रेटले उनलाई बचाउने कोशिश गर्नु यो देशकै अपमान भएको ट्रम्पले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement