स्ववियु चुनावमा २८ वर्षे उमेर हद लाग्ने, जागिरेलाई उम्मेदवार बन्न रोक

स्ववियु चुनावमा २८ वर्षे उमेर हद लाग्ने, जागिरेलाई उम्मेदवार बन्न रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८ वर्षे उमेर हद लाग्ने भएको छ ।

त्रिवि कार्यकारी परिषद्ले जारी गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ ले २८ वर्षे उमेर हदबारे उल्लेख गरेको छ ।

उम्मेदवारी मनोनयन पत्र दाखिला गर्ने दिन २८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको व्यक्तिले स्ववियु कार्यसमितिको कुनै एक पदको पदाधिकारी वा सदस्यको लागि मात्रै उम्मेदवारी दिन सक्ने व्यवस्था गरेको छ ।

निर्देशिकामा लेखिएको छ, ‘उदाहरणका लागि २०८१ साल चैत्र ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला मिति २०८१/११/२७ भएमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५३/११/२८ वा सोभन्दा पछिको जन्म मिति भएको विद्यार्थीहरूले उम्मेदवारी दिन पाउने छन् ।’

निर्देशिकाले सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको छ ।

‘कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थीहरू निर्वाचनको कुनै पनि प्रक्रियामा सहभागी हुन पाउने छैनन्, प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीहरू मतदाता नामावलीमा समावेश गरिने छैन,’ उम्मेदवारको योग्यतामा उल्लेख छ ।

स्नातकोत्तर तह प्रथम सेमेष्टर, स्नातक तह प्रथम सेमेष्टर र स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी शिक्षाध्यक्ष तथा डीन कायर्यालयबाट सूचना जारी गरी तोकिएको मितिसम्म भर्ना भएका विद्यार्थीहरू मात्र र अन्य सेमेष्टर र वर्षमा अध्ययन गर्ने विद्यार्थीको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा ५ दिनअघिसम्म नियमानुसार भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गरिने जनाइएको छ ।

हेर्नुहोस् निर्वाचन सम्बन्धी प्रावधान –