टियू मैदानमा लफडा : एनपीएल फाइनलको टिकट नपाएपछि क्यानविरुद्ध खनिए समर्थक

टियू मैदानमा लफडा : एनपीएल फाइनलको टिकट नपाएपछि क्यानविरुद्ध खनिए समर्थक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार हुने फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थकहरू त्रिवि क्रिकेट मैदान पुगेका छन् ।

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केहीबेरमै बुक भएपछि टिकट नपाएका समर्थकहरूले आयोजक नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका हुन् ।

एकैपटक धेरै समर्थकले टिकट खरिद गर्न खोज्दा कतिपयले टिकट पाउन सकेनन् ।

क्यानले भने मैदानको क्षमताअनुसारका सबै टिकट बिक्री भइसकेको जनाउँदै टिकट नपाएका दर्शकलाई अनलाइन प्लेटफर्ममार्फत खेल हेर्न आग्रह गरेको छ ।