त्रिविका प्राध्यापकलाई निजी नै प्यारो


काठमाडौं – त्रिभुवन विश्वविद्यालयका अधिकांश प्राध्यापक, उपप्रध्यापक, सहप्रध्यापक र शिक्षण सहायकले स्वीकृति नै नलिई विभिन्न निजी शिक्षण संस्थामा अध्यापन गराउँदै आएको पाइएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने सबैभन्दा पुरानो प्राज्ञिक थलो त्रिविमा यस्तो चरम बेथिति देखिएको हो ।

त्रिविका अनुसार पछिल्लो दुई वर्षको अवधिमा २५ जना कर्मचारीलाई सेवाबाट हटाइएको छ । ९० दिनभन्दा बढी समय अनुपस्थित भएको भन्दै विशेष सजायअन्तर्गत उनीहरूलाई सेवाबाट हटाइएको हो । यसरी हटाइएकामा निजी शिक्षण संस्थामा अध्यापन गराउनेहरू पनि रहेको त्रिवि स्रोतले बताएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा बिनाजानकारी लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट हटाउने उल्लेख छ । अनुगमन निर्देशनालयसम्बन्धी विनियम २०७३ मा त्रिविबाहेक अन्य संस्थामा आंशिक रूपमा काम गर्न चाहने शिक्षक तथा कर्मचारीलाई त्रिविको कामकारबाहीमा असर नपर्ने गरी स्वीकृत दिन सक्ने उल्लेख छ । यो खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement