आज कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज देशभर बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ।

बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ। राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement