टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार पुग्यो


एजेन्सी – टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। बुधबार बिहानसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी ८ हजार बढी मानिसले ज्यान गुमाएका छन्।

एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भुकम्पबाट ४० लाख मानिस प्रभावित भएका छन्।

अत्याधिक चिसोको बावजुद उद्धारकर्मीहरु भग्नावेशमा फसेकाहरुको खोजीमा खटिएका छन् । सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसपछि सयौं पराकम्पन गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement