धनगढीमा ४० जना राइडरका साथ टीभीएसको एओजी राइड सम्पन्न


काठमाण्डु – लोकप्रिय दूई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करण सम्पन्न गरेको छ । भदौ ११ गते धनगढीको वागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए ।

कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटक लोकेश ठकुरी लगायतको सहभागिता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे ।

उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए । उनीहरुले भने ‘यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’

 

त्यस क्रममा उनीहरुले आ–आफ्नो तर्फबाट मन्तव्य राखेका थिए । टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाण्डु, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement