यु-१९ एसिया कप :युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौं – यु-१९ एसिया कपअन्तर्गत नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। श्रीलंकामा जारी एसिसी यू-१९ एसिया कप क्रिकेट यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा यूएईले केहिबेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । श्रीलंकामा जारी प्रतियोगितामा युएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।

समूह ’बी’ मा रहेका नेपाल र युएई यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। चार महिनाअघि मलेसियामा भएको आइसिसी यु–१९ छनोटमा वर्षाले अबरुद्ध खेलमा युएईसँग १ रनले पराजित भएको हारको बदला लिन नेपाललाई अवसर छ।

प्रतिक्रिया दिनुहोस
Advertisement