यू-१९ महिला प्रिमियर कपमा नेपालद्वारा कतार पराजित

यू-१९ महिला प्रिमियर कपमा नेपालद्वारा कतार पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारलाई १०५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालकी साबित्री धामीले सर्वाधिक ५२ रन जोडिन्।

जवाफमा कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । नेपालकी रचना चौधरी र रिया शर्माले समान ३–३ विकेट लिए।

कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन ४ मात्र रह्यो । नेपालले अब दोस्रो खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ ।