यू १९ महिला विश्वकप : प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै

यू १९ महिला विश्वकप : प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै


काठमाण्डु-आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्दै छ ।

खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।

मलेसिया समूह ए को तथा नेपाल समूह डी को चौथो स्थानका रूपमा प्लेअफमा खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।

नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो । यो विश्वकपको समूह चरणमा नेपाल बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।