विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालद्धारा सिङ्गापुर चार विकेटले पराजित


काठमाडौँ-  उन्नाइस वर्षमुनि (यु १९)  एसियाली विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ ।  सिङ्गापुरस्थित सिङ्गापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिङ्गापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो ।

चौहत्तर रनको झिनो लक्ष्य पछ््याएको नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । सुरुवाती ब्याटसम्यान सन्दिप सुनार एक रनमा आउट भए भने आसिफ शेख चार रनमा आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन थालेको थियो ।

त्यस्तै तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याटसम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका अनिल साहले १९ ,दीपेन्द्र सिंह ऐरी दुई तथा प्रकाश केसीले छ रनमात्र जोडे । रोहितकुमार पौडेलले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए भने शाहब आलमले तीन तथा किशोर महतोले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सिङ्गापुरका ब्याटसम्यान विगरु आयरले सर्वाधिक ४२ रन जोडे भने सिन अग्रवालले ११ रन जोडनुबाहेक अन्यले दोहोर अंक जोडन सकेनन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement