युभेन्ट्स पाँचौ स्थानमा उक्लियो


काठमाण्डु –  इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हाे ।

युभेन्ट्सको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ । १६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement