यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कतारमा जारी राइजिङ स्टार्स एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले पहिलो खेलमा भारतसँग २६ रनमै अलआउट हुँदै पराजय बेहोरेको थियो। यता यूएई पनि पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग पराजित भएको थियो।

यसैबीच, आजको खेल नेपालका लागि ऐतिहासिक १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलसमेत हो। नेपालले अहिलेसम्म सबैभन्दा बढी ओडीआई खेल यूएईसँग नै खेलेको छ।