यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।

सोमबार यूएईलाई पराजित गर्दै नेपाली महिला टोली एक खेल अगावै ग्लोबल क्वालिफायरमा प्रवेश गरेको हो ।

एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफ्नो पहिलो खेलमा यूएईलाई ५ विकेटले हराएको छ । लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ।

यूएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी रहदै भेट्यो ।

नेपालका लागि कप्तान इन्दु वर्मा २९ रन,ओपनर सम्झना खड्काले २१ रन, रुविना क्षेत्री २३ रन, पूजा महतो १३ रन जोडे ।

यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर ११४ रन जोडेको थियो ।

यूएईका लागि ओपनर तथा कप्तान इसा ओजाले सर्वाधिक ३९ रन, तिथा सतिस २१ रन, लावन्या केनी १२ रन र हिना होट्चान्दानीले २० रन जोडे

नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।