यूएईका लागि नेपाली राजदूत ढकालले बुझाए ओहदाको प्रमाणपत्र


काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

dish home

यूएईको राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका बीच थापाले त्यहाँका उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ २९ गते संविधानको धारा २८२ अनुसार संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।

उपराष्ट्रपति तथा प्रधानमन्त्री शिख मोहम्मद बिन रसिद अल म्याकटुमले ढकालले बुझाएको ओहदाको प्रमाणपत्र बुझ्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस