विश्वकप एसिया छनोट : नेपालले पायो ११५ रनको लक्ष्य

विश्वकप एसिया छनोट : नेपालले पायो ११५ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।

थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर ११४ रन जोडेको हो ।

यूएईका लागि ओपनर तथा कप्तान इसा ओजाले सर्वाधिक ३९ रन, तिथा सतिस २१ रन, लावन्या केनी १२ रन र हिना होट्चान्दानीले २० रन जोडे

नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।