मैले राष्ट्रिय हित विपरित कुनै काम गरेको छैन्ः डा. खतिवडा


काठमाण्डु – अर्थमन्त्री राजीनामा दिएका डा. युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । राजीनामापछि पत्रकार सम्मेलनमार्फत खतिवडाले प्रधानमन्त्रीले विश्वास गरेर आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताए ।

‘मलाई प्रधानमन्त्रीले विश्वास गरेर महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनुभयो । प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गर्न चाहान्छु’, उनले भने ।

डा. खतिवडाले राष्ट्रिय हितमा काम गर्दा धेरैलाई चित्त नबुझ्ने बताएका छन् । उनले व्यक्तिगत अभिष्ट पूरा गर्न राष्ट्रिय हितविपरित कुनै काम नगरेको बताएका छन् ।

‘काम गरिरहँदा सबै कुरा त मिल्दैन । कतिपय राष्ट्रिय दृष्टिकोणले गर्नुपर्ने कतिपय कुराहरु व्यक्तिको हितमा नहुन सक्छ । यदी बृहत्तर राष्ट्रिय हितमा काम गरिरहँदा र मन्त्रीले आफ्नो व्यक्तिगत हितमा केही गरिनरहँदा केही कामहरु गर्दा कसैलाई चित्त दुखेको रहेछ भने यो मन्त्रीले राष्ट्रिय हितकै लागि गरेको हो आफ्नो हितको लागि गरेको होइन भन्ने बुझिदिनुहोला’, उनले भने, ‘मैले राष्ट्रिय हित विपरित कुनै काम गरेको छैन् । मेरो निष्ठा हो यो कायम रहन्छ । मेरो निष्ठा अनुभवको आधारमा मैले यहाँसम्मको जिम्मेवारी पाएको हुँ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement