मोदी किनारकाे ओढारमा बसेका ३ युवाको उद्धार

मोदी किनारकाे ओढारमा बसेका ३ युवाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मर्दी पदयात्रामा फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ ।

पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३का करण लामाको आज बिहान सकुशल उद्धार गरिएको हो ।

स्काभेटरको सहायताले सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहान सवा १० बजे उद्धार गरेको हो ।

नेपाली प्रहरीका २, सशस्त्र प्रहरीका ९ र नेपाली सेनाका ६ जना गरी १७ जनाको टोली उद्धारमा खटिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङको पारिपट्टि बादलडाँडाबाट फर्किने क्रममा बाटो भुल्दा उनीहरु अलपत्र परेको थियो ।

उनीहरुले हिजो र अस्ति ओढारमा रात बिताएका थिए ।