कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ


काठमाण्डु – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। थापा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत गठन गरेका छन्‚ जसमा निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनीसहित ३ मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिएका छन् ।

आर्थिक मामिलामा गौतम,खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement