नागढुङ्गा सुरुङमार्गको औपचारिक उद्घाटन

नागढुङ्गा सुरुङमार्गको औपचारिक उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन भएको छ। सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरिएको हो।

उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । विवरणअनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ ।

केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ । सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ।

कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाण्डु भित्रिँदा ६५ र बाहिरिँदा ६० शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाण्डु तर्फ आउँदा ११५ र बाहिरिँदा ८० बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाण्डु आउँदा २६० र बाहिरिँदा २०० बराबरको शुल्क तिर्नुपर्नेछ ।