उजिर मगरमाथि प्रेस सेन्टरले गर्यो कारवाही, संगठनबाटै निष्काशित


काठमाडौं- प्रेस सेन्टर नेपालले नेपाल पत्रकार महासंघको अध्यक्षका उम्मेदवार उजिर मगरलाई संगठनबाट निस्काशन गरेको छ ।

 

 

 

प्रेस सेन्टरले प्रेस युनियनसँग तालमेल गरेर गोविन्द आचार्यलाई अध्यक्षको उम्मेदवार बनाएको छ । तर, यसअघि प्रेस सेन्टरबाट महासंघको महासचिवमा विजयी मगरले संगठनको निर्णय विपरित अध्यक्षमा उम्मेदवारी दिएको भन्दै निस्काशन गरेको हो ।

 

 

 

प्रेस सेन्टरका महासचिव विष्णुप्रसाद सापकोटाले सोमबार प्रेस वक्तव्य जारी गर्दै मगरलाई आजकै दिनदेखि साधारण सदस्य समेत नहरने गरी निस्काशन गरिएको उल्लेख छ ।

 

 

 

महासंघको नयाँ नेतृत्वका लागि सोमबार मतदान हुँदैछ । अध्यक्षका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ ।

 

 

 

यसैबीच, आफूलाई कारवाही गरिएको प्रेस वक्तव्य फेसबुकमा राख्दै उजिरले धन्यवाद भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement