प्रस्तावित तीन देशका राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन


काठमाण्डु – प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा.शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो ।

सोमबार संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो ।संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement