यी हुन् युक्रेनको नियन्त्रणमा रहेका ५ नेपाली युद्धबन्दी

यी हुन् युक्रेनको नियन्त्रणमा रहेका ५ नेपाली युद्धबन्दी


काठमाण्डु- युक्रेनले आफ्नो नियन्त्रणमा रहेका ५ जना नेपाली युद्धबन्दी सार्वजनिक गरेको छ। रुसी सेनामा भर्ती भई युद्ध लड्ने क्रममा नियन्त्रणमा लिइएका ५ नेपालीलाई सार्वजनिक गरिएको हो।

युक्रेनी सरकारको ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले आफूहरूको नियन्त्रणमा नेपाली ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक एक नागरिक रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युक्रेनी सेनाको कब्जामा छन्। युक्रेनले उनीहरूलाई एकै स्थानमा राखेर बयान लिएको थियो। नेपालीहरूसँगको कुराकानीपछि सबैलाई त्यहाँबाट रिहा भएपछि रुस जान र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कन वाचा पनि गराएको छ। युक्रेनले बन्दीहरूलाई कहिले छाड्छ भन्ने बारेमा भने जानकारी दिएको छैन।