युक्रेनमा रूसी आक्रमण : १० जनाको मृत्यु, दर्जनौं घाइते

युक्रेनमा रूसी आक्रमण : १० जनाको मृत्यु, दर्जनौं घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रूसी पक्षले बिहीबार गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परी युक्रेनको किएभमा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

युक्रेनको वायुसेनाले ब्यालेस्टिक मिसाइलहरू राजधानीतर्फ गइरहेको चेतावनी दिए पछि उक्त आक्रमण भएको हो ।

आक्रमणबाट दर्जनौं घाइते भएको युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए । उनका अनुसार मस्कोले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएपछि यो आक्रमण भएको थियो ।

मध्य र पूर्वी किएभमा एक दर्जन भन्दा बढी विस्फोटहरू भए पछि बासिन्दाहरू–केही बच्चाहरू र घरपालुवा जनावरहरूसँग–मेट्रो स्टेशनहरूमा आश्रय लिन हतार– हतार दौडि रहेको एएफपीले जनाएको छ ।

आक्रमणले १० जनाको ज्यान लिएको पुष्टि गर्दै कम्तिमा २५ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताएका छन् । उनका अनुसार नागरिक तथा आवासीय क्षेत्रहरू लक्षित गरी आक्रमण गरिएको छ ।

क्षेत्रीय गभर्नर माइकोला कलास्निकका अनुसार आक्रमणमा किएभ क्षेत्रका ५ जिल्लाहरू प्रभावित भएका छन् ।