संघीय निर्वाचनका लागि एमालेले गरायो दल दर्ता


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय निर्वाचनमा सहभागि हुन दल दर्ता गराएको छ ।

संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दल दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

मंगलबार नेकपा एमालेका नेताहरु आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागि हुन दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका थिए ।

दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका हुन् । नेकपा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र पुगेपछि आयोगले १० औं नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले बताए ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले आइतबारदेखि दल दर्ता सुरु गरिसकेको छ। ३१ साउनसम्म दल दर्ता गरिसक्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement