प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद अवरुद्ध गर्ने तयारी


काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलकाे बैठक बोलाएको छ । बुधबार दिउँसो १ः३० बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि एमालेले संसदीय दलकाे बैठक बोलाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्रायक्रममा दिएको अभिव्यक्तिप्रति उक्त बैठकमा छलफल हुने जनाइएको छ । संसदीय दलकाे बैठकमा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको भनी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति संसदीय दल बैठकमा छलफल गरेर आज संसद अवरुद्ध गर्ने एमालेको तयारी छ ।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement