एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दैँ भन्यो- दिल्लीले बनाएकाे प्रधानमन्त्री स्वीकार्य छैन


काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा माग गरेको छ ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।

उनले दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताए । ‘उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ । भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement