एमालेले बोलायो सचिवालय बैठक


काठमाण्डु- नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । असार ३० गते एमालेले ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक बोलाएको हो ।

उत्त, बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ।

यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement