एमालेले तोक्यो ६ प्रदेशमा अधिवेशन गर्नका लागि समय


काठमाण्डु- नेकपा (एमाले) ले ६ वटा प्रदेशमा अधिवेशन गर्न समय तोकेको छ । एमालेले ६ वटा प्रदेशमा असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय गरेको हो ।
गण्डकी प्रदेशको मात्रै अधिवेशनको मिति तोक्न बाँकी रहेको जनाइएको छ ।

जसअनुसार कोशी प्रदेशमाा आगामी असोज १२ र १३ गते अधिवेशन गर्ने गरी मिति तय गरिएको छ । त्यस्तै मधेश प्रदेशमा असोज ५ र ६ गते अधिवेशन गर्नेको तयारी छ । यता वाग्मती प्रदेशले ८ र ९ गते अधिवेशन गर्ने गरी मिति तोकेको हो ।

लुम्बिनीमा भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय तोकिएको छ । कर्णाली प्रदेशले भदौको २९ र ३० गते र सुदूरपश्चिमले भदौको २२ र २३ गते अधिवेशन गर्ने तयारी छ । नेकपा एमालेको विधानमा प्रदेश कमिटीको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ। तर, एमालेले प्रदेश कमिटीको अधिवेशन गरेको ४ वर्ष नपुग्दै पुनः अधिवेशनको मिति तोक्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement